|

इंग्लिस प्रिमियर लिगमा अघिल्लो खेलमा घरेलु मैदानमा नै पुछारको क्लब वेस्ट ब्रुमसँग अप्रत्यासित पराजय व्यहोरेपछि आलोचित बनेको म्यानचेस्टर युनाइटेडले बुधबार राति भएको खेलमा बर्नमाउथमाथि २-० को जित निकालेको छ।

जितपछि माउरिन्होले शनिबार हुने एफ ए कपको फाइनलका लागि खेलाडी उत्साहित रहेको प्रतिक्रिया दिए। युनाइटेडको जितमा क्रिस स्माइलिङ र सब्स्टिच्युट रोमेलु लुकाकुले गोल गरेका थिए। जितसँगै युनाइटेडले तेस्रो स्थानको लिभरपुलसँगको अंक दूरी ४ अंकमा पुर्‍याएको छ। अब लिगमा ४ खेल खेल्न बाँकी छ। प्रिमियर लिगको उपाधि भने म्यानचेस्टर सिटीले यसअघि नै जितिसकेको छ।

माउरिन्होले यो खेल टोटनह्यामविरुद्धको जारी सिजनको महत्त्वपूर्ण फाइनल भिडन्तअघिको वार्मअपका रूपमा रहेको बताए। उनले जारी सिजनको एकमात्र उपाधिका रूपमा रहेको एफए कपमा जित निकाल्ने चुनौती रहेको बताए।

उनले यो खेलमा धेरै खेलाडीलाई आराम दिने सोच भए पनि उनीहरूकै चाहनामाखेलाएको बताए। युनाईटेडले पछिल्ला ७ खेलमा ६ खेलमा दुई वा सो भन्दा बढी गोल गरेको छ। बर्नमाउथविरुद्ध रोमेलु लुकाकुले खेलेका ६ खेलमा ७ गोल गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.