|

क्युबामा मिगेल डियाज कनेल नयाँ राष्ट्रपति बन्ने भएका छन्। संसद्ले नयाँ नेता चयन गरेपछि ५७ वर्षीय कनेल राष्ट्रपति बन्ने पक्का भएको हो ।

संसद्ले नयाँ नेता चयन गरेसँगै क्युबाको नेसनल एसेम्ब्लीले उनका नाममा मतदान गर्दै नयाँ राष्ट्रपति चयन भएको घोषणा गर्नेछ। उनले ८६ वर्षीय राष्ट्रपति राउल क्यास्ट्राेको ठाउँ लिनेछन्। 

क्यास्ट्राे परिवार दशकौंदेखि क्युबाको सत्तामा रहँदै आएको छ । राउल क्यास्ट्राेले सन् २००६ मा दाई फिडेल क्यास्ट्राेको हातबाट सत्ता आफ्नो हातमा लिएका थिए।राउल क्यास्ट्राेले पद छाडे पनि साम्यवादी मुलुक क्युबाको राजनीतिमा प्रभावशाली व्यक्तिकै रूपमा रहनेछन्।

उनी सन् २०२१ मा हुने कम्युनिस्ट पार्टीको राष्ट्रिय अधिवेशनसम्म पार्टीको अध्यक्ष रहनेछन्। तर नेसनल एसेम्ब्लीमा मतदानपछि उनले राष्ट्रपतिको पदभार कनेललाई सुम्पिने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.