|

बुटवल : गुण्डानाइके मनोज पुनलाई सघाएको आरोपमा युवा संघका केन्द्रीय सदस्य सुजु मल्ल पक्राउ परेका छन्। पुनको संगठित अपराधमा सहयोगीको भूमिका निर्वाह गरेको अभियोगमा प्रहरीले मल्ललाई काठमाडौंबाट पक्राउ गरेको हो। 

युवा संघको सम्मेलनमा सहभागी हुन काठमाडौं पुगेका मल्ललाई रूपन्देहीबाट खटिएको प्रहरीले बुधबार राति करीब ११ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिए। 

युवा संघका तत्कालीन रूपन्देही अध्यक्ष दुर्गा तिवारी र नेता वसन्त पौडेलको हत्यापछि दिनभर आन्दोलनमा सहभागी हुने मल्लले राति पुनलाई सूचना पुर्‍याउने गरेको प्रहरीले बताएको छ। 

हत्यापछि प्रहरी प्रशासनसँग हुने छलफल र पार्टी पंक्तिमा हुने छलफलका गोप्य सूचनाहरु मनोज पुनलाई पुर्‍याएको आरोप प्रहरीको छ। काठमाडौंमा पक्राउ परेका मल्ललाई रूपन्देही ल्याउने तयारी भइरहेको छ। उनी बुटवल– ७ का हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.