|

इलाम : पूर्वी पहाडकाे प्रतिष्ठित अन्तर्राष्ट्रिय अामन्त्रण माई भ्याली गाेल्डकपकाे चाैथाे संस्करण बिहीबार सुरू हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा अायाेजक माईभ्याली फुटबल क्लबले कास्की-११ सँग प्रतिस्पर्धा गर्दैछ।

यी दुई टाेली पहिलाे पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। नेपालका ९, भारतका २ र बंगलादेशको १ गरी १२ टिमकाे सहभागिता रहेकाे छ। वैशाख १७ गते सम्पन्न हुने प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगिताको उद्घाटन प्रदेश १ का प्रदेशसभा सदस्य रामबहादुर रानाले गर्ने अायाेजक समितिका प्रचार संयाेजक राजेश पराजुलीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.