|

काठमाडौं : रक पप गायकका रूपमा परिचित गायक युगेश लिम्बूको नयाँ गीत सार्वजनिक भएको छ। बुधबार गायक युगेशको आफ्नै युट्युब च्यानलबाट ‘सधैँ याद आउँछ’ बोलको गीतको अफिसियल भिडियो सार्वजनिक गरिएको हो।

युगेशकै संगीत रहेको गीतमा युगेश र सन्नीबोइ गुरुङको शब्द रहेको छ। युगेशकै निर्देशनमा तयार भएको भिडियोमा गायक लिम्बू र रेखा लिम्बू फिचरिङ छन्। संजीव राईले खिचेको भिडियोलाई राई आफैँले सम्पादन गरेका छन्।

अमेरिकामा बस्दै आएका युगेश विगत लामो समयदेखि संगीत क्षेत्रमा आवद्ध छन्। त्यहाँ उनको आफ्नै सांगीतिक ब्याण्ड छ। उनले केही अंग्रेजी गीतसमेत गाएका छन्। तर पनि नेपाली संगीतप्रति माया भएकाले नेपाली गीतमा काम गरिरहेको उनी बताउँछन्। भन्छन्, ‘नेपाली संगीतप्रति मोह भएकाले पनि नेपाली संगीतमा नै केही गर्ने सोच बनाएको छु।’

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.