|

सुर्खेत : वीरेन्द्रनगरमा रहेको जनमाध्यमिक विद्यालयमा क्षमता भन्दा धेरै विद्यार्थी भर्ना भएपछि विद्यालयलाई समस्या भएको छ।

सुर्खेत बजार क्षेत्रमा रहेको यस विद्यालयमा भर्ना हुन आउने विद्यार्थीको चाप बढेपछि व्यवस्थापनमा समस्या आएको हो। वैशाख दुई गतेदेखि शुरु भएको भर्ना अभियान अन्तर्गत भर्ना भएका विद्यार्थी कोटा भन्दा धेरै भएपछि व्यवस्थापनमा समस्या भएको हो। 'विद्यालयको भौतिक पुर्वाधारले नै थेग्न नसक्ने गरी विद्यार्थीको चाप बढेकोले अहिले कक्षाा सातकाे फाराम बन्द गरेका छाै‌ं', विद्यालयका प्रध्यानाध्यापक यामबहादुर श्रेष्ठले भने।

विद्यार्थीहरु सोचेभन्दा धेरै भर्ना भएपछि विद्यालयलाई भौतिक संरचना व्यवस्थापनमा समस्या भएको हो। जसले गर्दा सबै विद्यार्थीलाई समावेश गर्न नसकिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइरालाले बताए। जनमाध्यमिक विद्यालयमा कक्षा १ र दुई मा २५-२५ जना, तीन देखि ५ सम्म ३०-३० जना, ६, ७ , ८ र नौ कक्षामा प्रति सेक्सन ५०-५० जनाको कोटा रहेको विद्यालयले जनाएको छ। यस अघि सरकारले जनमावीलाई नमुना विद्यालय घोषणा गरिएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.