राजनीति

शिक्षक, नेता र कर्मचारीका छोराछोरीलाई निजी स्कुल पढ्न निषेध
SHARES

बैशाख ६, २०७५

    सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका क्षेत्रभित्रका राजनीतिकर्मी, शिक्षक तथा कर्मचारीले आफ्ना छोराछोरीलाइ निजी विद्यालयमा पढाउन निषेध गर्ने निर्णय गरेको छ।

    नगर शिक्षा समितिको सिफारिशमा नगर कार्यपालिकाले यसै शैक्षिक सत्रदेखि लागू हुने गरी आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय लिँदै निजी विद्यालयमा पढाउन निषेध गरेको हो।

    नेपाल सरकारले शिक्षा क्षेत्रमा हरेक वर्ष ठूलो लगानी गर्दै आए पनि सामुदायिक विद्यालयको खस्कँदो स्थितिलाई ध्यानमा राखी सामुदायिक विद्यालयप्रति आस्था जगाउने उद्देश्यले यस्तो निर्णय गर्नुपरेको नगरपालिकाका प्रमुख अमान सिं तामाङले बताए।

    यसका साथै नगरपालिकाले विद्यार्थी संख्या ज्यादै न्यून भएका चारवटा आधारभूत विद्यालयलाई नजिकको अर्को विद्यालयमा गाभेको छ। यसरी गाभिएका विद्यालयमा चौतारास्थित बालमन्दिर आधारभूत विद्यालय, स्याउलेको भैरवी आधारभूत विद्यालय, बतासेको चुल्ठेश्वरी आधारभूत विद्यालय र जल्केनीको ज्ञानपुञ्ज आधारभूत विद्यालय रहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]