|

काठमाडौं : निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले सरकारले यातायात क्षेत्रमा गरेको सिन्डिकेट खारेजीको स्वागत गरेको छ। यातायात व्यवसायीहरूले सिन्डिकेटको पक्षमा गरिने आन्दोलनलाई महासंघले सहयोग गर्नु पर्ने बताएको बेला महासंघ भने सरकारको पक्षमा देखिएको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंका अध्यक्ष योगेन्द्र कर्मचार्यले सरकारको निर्णयबाट व्यवसायीको १० खर्ब रुपैयाँ लगानी घाटामा जाने भन्दै महासंघ मात्रै नभई नेपाल राष्ट्र बैंक पनि व्यवसायीको पक्षमा लाग्नु पर्ने बताएका थिए। उद्योग वाणिज्य महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै व्यवसायीको आन्दोलनको विरुद्ध र सरकारी कदमको पक्षमा उभिएको हो।

'खुला बजार नीति अवलम्बन गरेको मुलुकका लागि सिन्डिकेट, कार्टेलिङ र आलोपालो प्रथा कुनै पनि हालतमा जायज छैन' महासंघको विज्ञप्तिमा भनिएको छ। महासंघले लामो समयदेखि यातायात क्षेत्रमा भएको सिन्डिकेटको विरोध जनाउँदै आएको छ। 'सिन्डिकेट अन्त्य गर्नुपर्छ भन्ने महासंघकै आवज थियो, सरकारले अन्त्यको लागि जे पहल गरेको छ यो निकै स्वागत योग्य काम हो', महासंघकी अध्यक्ष भवानी राणाले भनिन्। 

राणाले आम सर्वसाधारणलाई सास्ती पुग्ने गरी घोषणा गरिएको यातायात व्यवसायीको आन्दोलन फिर्ता लिन समेत व्यवसायीलाई आग्रह गरेकी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.