|

काठमाडौं : यो साताको पाँच दिनको कारोबारमा शेयर बजार परिसूचक नेप्से ११० अंकले उकालो लागेको छ। साताको पहिलो दिन आइतबार झिनो अंकले उकालो लागेको नेप्से त्यसपछिका चार कारोबार दिन भने निरन्तर दोहोरो अंकले उकालो लागेको हो। 

बिहीबार २५.३ अंकले उकालो लागेपछि पाँच कारोबार दिनमा ११० अंकले उक्लदै नेप्से एक हजार ३८८ अंकमा उक्लेको छ। शेयरब जामा सबैभन्दा बढी प्रभाव पार्ने वाणिज्य बैंक अन्तर्गतका उपसूचकहरुमा २४.५१ अंको उछाल आएपछि नेप्सेमा त्यसको प्रभाव देखिएको हो।

यस दिन व्यापार अन्तर्गतका उपसूचकहरुमा २.२ अंकले ह्रास आए तापनि अन्य सबै उपसूचक उकालो लागे।

बुधबारको तुलनामा कारोबार रकममा सामान्य गिरावट आएता पनि बिहीबार पनि एक अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको छ।

यसदिन १६८ कम्पनीका २६ लाख ६३ हजार ५८२ कित्ता शेयर पत्रको किनबेचबाट एक अर्ब ११ करोड ५५ लाख रुपैयाँ बराबरको कारोकार भएको छ।

१६८ कम्पनीमध्ये ४८ कम्पनीको शेयर घट्यो भने अन्यको भने बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.