किशोरी हत्या प्रकरण

|

बुटवल : प्रेम सम्बन्धलाई वैवाहिक रूपमा अघि बढाउन प्रस्ताव गर्दा रूपन्देहीमा एक किशोरीको हत्या भएको खुलेको छ। 

रूपन्देहीको ओमसतिया गाउँपालिका- ६ वृन्दावनकी १५ वर्षीया सरस्वती हरिजनले ओमसतिया- ६ शिवलवहाका १८ वर्षका प्रेमसागर केवटसँग प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्ध कायम गर्न आग्रह गरेपछि प्रस्ताव अस्वीकार गर्दै हत्या गरेको रूपन्देही प्रहरीले बताएको छ।

घरबाट शौचालय जान भन्दै निस्केर हरिजन र केवटले नजिकैको खेतमा रात बिताएका रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए। उनका अनुसार चार वर्षदेखि प्रेममा रहेका दुवै जनाबीच सोही राती यौन सम्बन्ध कायम भएको थियो।  

‘उनीहरू घरबाट बाहिर निस्के र नजिकैको खेतमा गएर गफगाफ गरे, यौन सम्बन्ध राखे अनि केटीले घरमा थाहा पाउने भए, अब विहे गरौं भन्दा केटाले मानेनन्', उनले अनुसन्धानका क्रममा केवटले दिएको बयान उद्धृत गर्दै भने, ‘सानै उमेर भएकाले विवाह गर्न सम्भव नभएको र केटीले विवाह नगर्ने भए मलाई मार भनेपछि जिस्किँदै कपालले घाँटीमा बेरेर बेहोस बनाएर केटा भाग्न खोजेको रहेछ।’ 

प्रहरीका अनुसार केवटले किशोरीलाई बेहोस बनाएर भाग्न खोजेको र सोही क्रममा मृत्यु भएको थियो। ‘केटीले मलाई विहे गर्ने भए गर, होइन भने मलाई मार भनेपछि केटाले तत्काल उम्किनका लागि कपालले घाँटीमा बेरेको देखिन्छ', प्रहरी प्रमुख ज्ञवालीले भने, 'तर त्यस क्रममा नै केटीको मृत्यु भयो।’

बैशाख ३ गते राती घरबाट निस्किएकी किशोरीको बैशाख ४ गते शव फेला परेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.