धनकुटा : धनकुटाको भेडेटार नजिकैको सुनसरीको धरान- ४ स्थित थाउजेण्ड विग बुद्धमुनि एउटा शव फेला परेको छ । हालसम्म सनाखत हुन नसकेको सो पुरुषको शवमा घाउचोट लागेको अस्थामा फेला परेको प्रहरीले जनाएको छ। बाटो खनेर माटो झरेको स्थानमा शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।
मृतकको ढाड डढेको भए पनि अनुहार भने केही नभएको पनि प्रहरीले जानकारी दिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।