|

बारा : बाराको निजगढमा लालबकैया नदीको ड्याम छेउलाई औद्योगिक क्षेत्र बनाइने भएको छ। स्मार्ट सिटी गुरुयोजना नगरस्तरीय निर्देशक समितिको बैठकले नगरभित्र औद्योगिक क्षेत्र विकासका नदीको ड्याम क्षेत्र वडा ९ र ४ लाई छनाेट गर्ने निर्णय भएको हो। स्मार्ट सिटी निर्माणका लागि बिहीबार शहरी विकास योजनाका विज्ञ र नगरभित्रका सरोकारवालाहरूसँग सम्पन्न बैठकले यस्ताे निर्णय गरेको हो।

रेल विभागसँग परामर्श गर्ने

निजगढ नगरपालिका क्षेत्र हुँदै निर्माण हुन लागेको पूर्व-पश्चिम रेलमार्ग ट्र्याक निर्माणको सम्बन्धमा समितिले रेलवे विभाग काठमाडौंसँग परामर्श गर्ने भएको छ।नगरको गुरुयोजना निर्माणका क्रममा रहेकाले राष्ट्रिय गौरवका आयोजनासँग आवश्यक सल्लाह सुझाव दिने पनि निर्णय भएको निजगढ नगरपालिकाका प्रमुख तथा स्मार्ट सिटी गुरुयोजना नगरस्तरीय निर्देशक समितिका संयोजक सुरेशकुमार खनालले बताए।

१० वर्षे कृषि रणनीतिक योजना बनाउने

त्यसरी नै गरपालिकाले १० वर्षे कृषि रणनीतिक योजना तयार गर्ने भएको छ। योजना बनाउने परामर्शदाताको रिपोर्ट, नगरपालिकाको कृषि शाखा एवं सम्बन्धित वडा अध्यक्षको सल्लाह सुझाव लिई आगामी बैठकमा पेस गर्ने निर्णय भएको छ। 

नगरपालिकाको सूचना विकासका साथै क्षमता अभिवृद्धि गर्न सम्बन्धित निकायलाई पहल गर्ने, नगरपालिका क्षेत्रका विभिन्न स्थानहरूमा एकीकृत वस्ती विकास गर्ने र पूर्व-पश्चिम लोकमार्गसँग जोडिएका सडकहरूमध्ये शहीद चोकदेखि उत्तर हीरालाल मार्ग, तामागढीदेखि रतनपुर हुँदै अमलेखगंज जोड्ने सडकलाई शहरी विकास योजनाअन्तर्गत सडक मापदण्डअनुसार लागू गर्नेलगायत विभिन्न छवटा निर्णय गरेको छ।

बैठकमा निजगढ नगरपालिकाकी उपप्रमुख लीलादेवी लामिछाने खनाल, शहरी योजनाका अन्तर्राष्ट्रिय विज्ञ रोवर्ट ग्लेगर, सूचना प्रविधिका अन्तर्राष्ट्रिय विज्ञ नवराज बुढाथोकी, निजगढ स्मार्ट सिटी योजनाका टोली प्रमुख किशोरकुमार झा, विकास विज्ञ कृष्णप्रसाद तिमल्सिना, शहरी योजनाकार वर्षा श्रेष्ठ, वातावरण विज्ञ सुवोध राय, समाजशाश्त्री उमा पोख्रेललगायतकाे सहभागिता रहेकाे थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.