|

टोकियो : जापानको दक्षिणीे हिमाली क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको छ।

ज्वालामुखी विस्फोटका कारण सयौँ मिटरमाथि आकाशमा आगोका लप्का पुगेका बताइएको छ। माउन्ट आइओ नाम दिइएको ज्वालामुखीका कारण हुनसक्ने दुर्घटनालाई मध्यनजर राख्दै प्रशासनले हिमाली क्षेत्र नजिक नबस्न सम्वद्ध सबैलाई सूचना गरेको छ। 

जापानी मौसम विज्ञानसम्बन्धी निकाय जेएमएका माकोतो साइतोका अनुसार अझ केही समयसम्म माउन्ट आइओ थप सक्रिय हुनसक्ने सम्भावना छ। साइतोले टेलिभिजनमार्फत् गरेको प्रेस सम्मेलनमा हिमाली क्षेत्रका वासिन्दालाई माउन्ट किरिसिमा क्षेत्रबाट टाढा रहेर आफ्नो सुरक्षाका लागि सावधानी अपनाउन आग्रह गरे।

माउन्ट किरिसिमा क्षेत्रमा सन् १७६८ पछि ज्वालामुखी विस्फोट भएको यो पहिलो घटना भएको जेएमएले बताएको छ। उक्त निकायले ज्वालामुखी विस्फोट भएको हिमालको तीन किलोमिटर टाढासम्म विस्फोटका कारण उछिट्टिने सम्भावना रहने भन्दै नागरिकलाई टाढै बस्न निर्देशन दिएको छ। ज्वालामुखीका कारण ४०० मिटर माथिसम्म ज्वालाको मुस्लो तथा खरानी पुगेको स्थानीय समाचार माध्यमले जनाएका छन्। 

स्थानीय संचार माध्ययमले ज्वालामुखीको समय खिचिएका दृष्यचित्रहरूलाई प्रसारण गरेका थिए। जापानको उत्तरपश्चिमी क्षेत्रमा यस वर्षको जनवरीमा पनि प्रसिद्ध स्की रिसोर्टमा विस्फोट भएको थियो, जसका कारण एक जापानी सैनिकको मृत्यु भएको थियो।

त्यसैगरी सन् २०१४ को सेप्टेम्बर २७ मा माउन्ट अनटेक क्षेत्रमा ९० वर्षपछि ज्वालामुखी विस्फोट हुँदा स्की र हिमाली पर्यटनका लागि गएका करिब ६३ जनाको ज्यान गुमेको थियो। जापानका हिमाली क्षेत्रलाई ज्वालामुखी विस्फोटका हिसाबले अतिसम्वेदनशील क्षेत्र मानिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.