|

काठमाडौः सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरेको छ।

कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलास बिहीबार अवहेलनासम्बन्धी मुद्दा चलाउनुपर्ने प्रमाण फेला नपरेको उल्लेख गर्दै पराजुलीविरुद्धको मुद्दा खारेज गरेको हो। अधिवक्ता मनोज अधिकारीले तत्कालीन प्रधानन्यायाधीश पराजुलीले नेतृत्वमा हुँदा न्यायपालिकाको अधिकार दुरुपयोग हुने गरी काम गरेको आरोप लगाउँदै अदालतको अवहेलनासम्बन्धी मुद्दा गत फागुन १५ गते दर्ता गरेका थिए।

प्रा डा गोविन्द केसीका कानून व्यवसायी वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीलाई धम्की दिएको र कीर्ते नागरिकताका आधारमा प्रधानन्यायाधीश भएर पराजुलीले अदालतको अवहेलना गरेको जिकिर मुद्दामा गरिएको थियो। तत्कालीन प्रधानन्यायाधीश पराजुलीले उमेरहदका कारण उनको गत साउन २१ गते पदावधि सकिएको भनी न्याय परिषद्ले पत्र पठाएपछि राजीनामा दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.