|

वेस्टइंडिज स्टार क्रिस गेलले जारी आइपिएलमा पहिलो शतक प्रहार गरेपछि किंग्स इलेभन पञ्जावले जारी आईपिएलमा चौंथो खेलबाट तेस्रो जित निकालेको छ। जारी आइपिएलमा अपराजित रहेको सनराइजर्स हैदरावादलाई १५ रनले पराजित गर्दे पञ्जाव लिग अंक तालीकामा चार खेलबाट ६ अंक जोड्न सफल भयो।

गेलले जारि सिजनमानै पहिलो तथा आइपिएल करिअरमा आफ्नो ब्यक्तिगत छैटौं तथा समग्र करिअरमा २१ औं टि-२० शतक प्रहार गर्दे आफ्नो प्रभावसाली प्रदर्शन देखाउँदै दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए।

जारी आइपिएलमा संघर्षपुर्ण रुपमा आफ्नो वेस प्राइस २ करोड भारतीय रुपैंयामा तेस्रो पटकको बोली लगाउँदै पञ्जावले गेललाई आफ्नो टिममा भित्राएको थियो। सुरुवाती दुई खेलमा टिममा स्थान बनाउन असफल भएका गेल पछिल्ला दुई खेलमा टिमको जितका लागि निर्णायक पारी खेल्न सफल भए । चार दिन अघि मात्र गेलले चेनाई विरुद्ध ३३ बलमा ६३ रनको सानदार इनिङ खेलेका थिए।

गेलको त्यो क्रेज

आइपिएलमा सर्वाधिक धेरै रुचाइने खेलाडी रहेका गेलले बिहिबार जारी सिजन अपराजित रहेको सनराइजर्स विरुद्ध ५८ बलमा सतक प्रहार गरेका थिए। उनले ६३ बल खेल्दा जम्मा १ मात्र चौका प्रहार गरेभने ११ छक्का हिर्काए। सुरुवातमा १४ रनको अवस्थमा विकेटकिपरबाट जिवन दान पाएका गेलले त्यसपछि पछि फर्कनु परेन्। पञ्जावका लागि थप रनका रुपमा करुण नायरले २१ बलमा ३१ रन बनाउँदा केएल राहुलले १८ था एरोन फिन्च १४ रनमा अविजित रहे।

जवाफमा सनराइजर्स निर्धारित २० ओभरमा १ सय ७८ रनमा समेटियो। सनराइजर्सका लागि कप्तान केएन विलियमसनले ४१ बलमा ५४ रनको अर्धसतकीय पारी खेल्दा मनिष पाण्डेले ४२ बलमा ५७ रन बनाए। त्यस्तै अलराउन्डर सकिब अल हसनले १२ बलमा २४ रन बनाएर अविजित रहेपनि निरन्तर जितलाई कायम राख्न भने सकेनन्।

म बुढो भएको छुइन

खेलपछि ३८ वर्षिया गेलले रोमाञ्चक शैलिमा आफ्नो फर्मविरुद्ध  बोल्नेलाई जवाफ दिए। उनले भने ‘गेल बुढो भयो भनेहरुका लागि मैले अब जवाफ दिइरहनु पर्देन ब्याटले दिइसकेको छ। टिमका लागि दुई खेलमा जे दिन सकेको छु त्यसले मलाई उत्साहि बनाएको छ। अन्तिम समयमा भएपनि टिमले दिलाएको भरोसा मेरो मनमा ताजै छ।’ उनले शतक शुक्रबार जन्म दिन मनाउँदै गरेकी छोरि प्रति समप्रित गरेका थिए। गेल प्लेयर अफ द म्याच चुनिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.