|

काठमाडौं : सदरखोर डिल्लीबजारमा माओवादीका पूर्वसांसद बालकृष्ण ढुंगेल गीत लेखनमा व्यस्त छन्। थोरै बिरामी, धेरै सिर्जनशील बन्न थालेका उनी राजनीतिक मिजासमा कडा छन्।

छ महिनाअघि उनी सातदोबाटोबाट पक्राउ परेका थिए। युद्धकालमा रामेछापका उज्जनकुमार श्रेष्ठको ओखलढुंगामा भएको हत्याका हत्यारा साबित गर्दै उनलाई आजीवन काराासको सजाय सुनाइको थियो। तर, उनी फरार थिए। राजनीतिक संरक्षणमा खुलेआम हिँडे पनि उनी पक्राउ पर्न सकेका थिएनन्।

सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश र पूर्वप्रधानन्यायाधीको पिडुँलाको मासुसमेत छिल्न सकिने अभिव्यक्ति दिएपछि सर्वोच्च अदालत उनीमाथि आक्रमक भयो र आदेश दियो, ‘सात दिनभित्र बालकृष्ण ढुंगेललाई पक्राउ गर्नू।’ कात्तिक १४ मा प्रहरीले उनलाइ पक्राउ गर्‍यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.