सौर्य ऊर्जाले चल्दै गाउँपालिकाकाे कामकाज

|

उदयपुर : उदयपुरको पहाडी क्षेत्र लघु जलविद्युतको भरमा रहेको छ। राष्ट्रिय विद्युत प्रशारण लाइन नजोडिएका पहाडी क्षेत्रमा स्थानीय खोनालनाबाट उत्पादन गरिएको लघु जलविद्युतले उज्यालो दिएको छ।

स–साना खोलानाबाट विद्युतले पहाडी क्षेत्र चौबिसै घण्टा झलमल भएको छ। जिल्लाको पहाडी क्षेत्रमा हालसम्म सरकारी तथा गैर सरकारी निकायको प्रयासमा २११ दशमलव ५ किलोवाटभन्दा बढी विद्युत उत्पादन भएको जिल्ला समन्वय समिति उदयपुरका ऊर्जा तथा वातावरण अधिकृत राजदेव यादवले जानकारी दिए।

यादवका अनुसार आँपटारको यारिखोलाबाट २३, राकुखोला  ठानागाउँबाट २५ र हाडीखोला पोखरीबाट २३ किलोवाट विद्युत् उत्पादन भइरहेका छ। ऊर्जा तथा वातावरण शाखाको तथ्यांङमा १० किलोवाट भन्दा कमका तीन वटा अयोजना छन्। जसमा नागदहखोला हर्देनी १७, वैद्यनाथ खोला १५, भलाया डुल्माखोला १६ किलोवाटका हुन्। त्यस्तै, १० किलेवाटभन्दा कमका २२ वटा आयोजना रहेका छन्। खरीखोला, छिपिखोला, धमिलेखोला, रसुवाखोला, राताखर्कखोला लगायत आयोजनामा रहेको तथ्यांङमा उल्लेख छ। 

यस्तै, ३० किलोवाटभन्दा माथिका तीन आयोजनाको निर्माण कार्य भइरहेका छन्। सोरुङखोला सोरुङ छबिसे ३०, डोडेनी खोला मयँखु ३२ र यारीखोला इनर्मी ३६ किलोवाटका छन्। 

जिल्लामा लघु जलविद्युतसँगै सौर्य ऊर्जाले पनि उज्यााले दिइरहेको छ। सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा सौर्य ऊर्जाको प्रयोगकर्ता पनि बढेका छन्।

सौर्य ऊर्जाले चल्दै गाउँपालिकाकाे कामकाज

उदयपुुरको चार वटै गाउँपालिकको केन्द्रमा राष्ट्रिय विद्यत प्रशारण लाइन र लघु जलविद्युतको सेवा छैन। त्यसैले लिम्चुङबुङ, उदयपुरगढी, रौतामाई र ताप्ली गाउँपालिका कार्यालयमा सौर्य ऊर्जा जडान गरी काम सञ्चालन हुँदै आएको छ। 

सोलार बत्तीकै भरमा कार्यालयको प्रिन्टिङ, फोटोकपी, इन्टरनेट, डकुमेन्टेसन जस्ता अत्यावश्यक काममा असहजता भएको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले बताए। ‘हाम्रो गाउँपालिका अलि ओझेल ठाउँमा पर्छ, राम्ररी घाम नलागेपछि सोलारको ब्याट्री ब्याकअपले पनि धान्दैन,’ उनले भने, ‘कति खेर झ्याप्प जाने हो टुंगो पनि हुन्न।’

सोलार बत्तीबाट कामकाज गर्दा समस्या हुने गरेको उदयपुरगढी गाउँपालिकामा निमित्त प्रशासकीय अधिकृत गुणराज श्रेष्ठले बताए। उनले बिजुली नहुँदा इन्टरनेटको माध्यमबाट आउने महत्वपूर्ण सूचना र काजगात समयमै हेर्न नसकिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.