|
फाइल

काठमाडौं : मलेसियाको उडान भर्ने क्रममा मालिन्दो एयर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार राति दुर्घटना भएपछि विमानस्थल बन्द रहेको छ। बिमानस्थलबाट हुने सबै उडान तथा अवतरण बन्द रहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।

राति पानी परेकाले ग्राउण्डेड बिमान हटाउन सम्भव नभएकाले शुक्रबार बिहानैदेखि हटाउने प्रयास जारी राखिएको प्रवक्ता ठाकुरले बताए। उनका अनुसार विमानस्थल सञ्चालनमा आउन अझै करिब दुई घण्टा लाग्नेछ।

मस्कट, फ्लाइ दुबई, कुबेतलगायतका विमान कम्पनीका जहाज बाटोबाटै नयाँदिल्ली, लखनऊलगायतका ठाउँमा अवतरण गराइएको छ भने कतार एयरलगायतका केही कम्पनीले शुक्रबारका लागि काठमाडौंको उडान स्थगित गरेका छन्। यसले हजारौँ यात्रु मर्कामा परेको छन्।  आन्तरिक उडान भने छिट्टै सन्चालनमा ल्याउने तयारी भइरहेको प्रवक्ता ठाकुरले बताए।

शुक्रबार राति पौने १० बजे मलेसियाका लागि उड्न लाग्दा मालिन्दो एयरको विमान धवानमार्गमा अनियन्त्रित भएर ग्राउण्डेड भएपछि सबै उडान तथा अवतरण अवरुद्ध बनेको हो। मलेसियाको क्वालालम्पुरका उड्न लाग्दा धवानमार्ग छोडेर बिमान चौरतिर पुगेको थियो। विमान धवानमार्गभन्दा १३० फिट दक्षिण पुगेर जमिनमा धसिएको छ। जहाजमा रहेका चालक दलका सदस्यसहित सबै १ सय ३९ यात्रु सकुशल छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.