अब बार्सिलोनालाई एक जित आवश्यक

|

स्पेनिस ला लिगा फुटबलमा एथलेटिको  म्याड्रिड रियल सोसिडाडसँग ३-० को अप्रत्यासित हारको सिकार भएको छ। बिहिबार भएको खेलमा ११ औं स्थानको सोसिडाडसँग एथलेटिकोको पराजयपछि  बार्सिलोना आफ्नो २५ औं स्पेनिस लिगको टाइटल भन्दा अब एक जितमात्र टाढा रहेको छ।

डियोगो सिमोन्सको म्याड्रिले उपाधि दाबेदार बार्सिलोनामाथि दबाब बढाउने विश्वास गरिएको थियो। तर  २७ औं मिनेटमा वियन जोसेको गोलमार्फत खेलमा अग्रता बनाएको सोसियाडले दोस्रो हाफमा थप दुई गोल थप्दै एथलेटिकोलाई स्तब्ध बार्यो। एथलेटिकोलाई हराउने क्रममा सब्सटिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका जुवानमीले ८० र ९० मिनेटमा थप दुई गोल सम्भव बनाएका थिए।

अब उपाधि होडमा बार्सिलोनाले २९ अप्रिलमा हुने डिर्पोटिभो ला कोरुना विरुद्धको खेलमा जित निकाले जारी सिजनको उपाधि जित्ने छ। यसअघिको सिजनमा बार्सिलोना रियल सँग तीन अंकले पछि रहँदै उपाधि गुमाउन पुगको थियो। दोस्रो स्थानको एथलेटिको बार्सिलोना भन्दा १२ अंकले पछि रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.