|
फाइल

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान खुला भएको छ। गएराति मालिन्दो एयर दुर्घटनाग्रस्त भएको कारण बन्द विमानस्थलमा बिहान ८: १५ देखि उडान खुला भएको हो। 

जहाज धावनमार्ग छोडेर घाँसे मैदानमा पुगेको छ।  जसका कारण अहिलेसम्म विमानस्थल पूर्ण रुपमा बन्द भएको थियो तर अन्तर्राष्ट्रिय उडानलाई भने अझै समय लाग्न सक्ने ठाकुरले बताए। ठाकुरका अनुसार धावनमार्गबाट जहाजलाई पार्किङ वे तर्फ ल्याउने काम जारी छ ।

उनका अनुसार अझै विमान हटउन २ देखि ३ घन्टा लाग्छ। विमान हटाइसकेपछि मात्रै बन्द अन्तर्राष्ट्रिय तर्फको उडान खुला हुन्छ । दुर्घटनाग्रस्त जहाज निकाल्ने प्रयास भइरहेको छ। ननिकालेसम्म धावनमार्ग नखुल्ने सम्भावना रहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.