|

काठमाडौं : सर्वोच्च अदालतले चेलीबेटी बेचबिखनको अभियोगमा थुनामा रहेका नुवाकोट जिल्लाका वडा अध्यक्ष सुनबहादुर तामाङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। 

न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले बिहिबार नुवाकोट जिल्ला अदालतबाट चेलीबेटी बेचबिखनको अभियोगमा नुवाकोट दुप्चेश्वर गाउँपालिका  १ का वडाअध्यक्ष तामाङको स्थायी ठेगाना र बाबुको नाम फरक–फरक देखिएको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो। 

नुवाकोटका करीव २०० महिलालाई बेचेको, वेश्यालय चलाएको अभियोगमा जिल्ला अदालत नुवाकोटले गत चैत ९ गते तामाङलाई ३७ वर्ष कैद सजाय र रु दुई लाख ५० हजार जरिवानाको फैसला गरेको थियो। 

नुवाकोटकै दुई महिलाले तामाङविरुद्ध मानव बेचबिखन गरेकोे उजुरी गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई पक्राउ गरी मानव बेचबिचन तथा ओसारपसार मुद्दा दर्ता गरेको थियो। 

प्रहरीले पक्राउ गरेपछि तामाङको हकमा छोरा प्रदीप तामाङले विसं २०७४ माघ १० गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएका थिए।  सोही निवेदनमाथिको सुनुवाइपछि अदालतले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.