|

काठमाडौं : गुण्डा नाइके दीपक मनाङ्गे भनिने राजिव गुरुङ डिल्लीबजार जेल चलान गरिएका छन्। काठमाडौं जिल्ला अदालतको आदेश अनुसार उनलाई डिल्लीबजार कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए। मनाङ्गेलाई महानगरीय प्रहरी परिसरले बिहीबार साँझ स्वयम्भुको तीनधाराबाट पक्राउ गरेको थियो।

२०६१ सालमा अर्का गुण्डा नाइके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङ्गे समूहले चक्रे मिलनको हात छिनाएको थियो। सोही घटनामा काठमाडौं जिल्ला अदालतको फैसलाअनुसार दुई वर्ष जेलसमेत बसेका मनाङेको सजाय कम भयो भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङेलाई सजाय बढी हुनुपर्ने मागसहित पुनरावदेन अदालत पाटनमा मुद्दा दायर गरेको थियो। सरकारी वकिलको मागबमोजिम पुनरावेदन अदालत पाटनले २०६९ साउन २८ गते ज्यान मार्ने उद्योग मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.