|

मुगु : छायानाथ, रारा नगरपालिका– ९ मा रहेको नेपालकै ठूलो रारा ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। राराताल 'स्वर्गकी रानीको नामले' पनि परिचित छ।

समुन्द्री सतहदेखि २९९० मिटरको उचाइमा रहेको यो तालको लम्बाइ पाँच किलोमिटर र चौडाइ तीन किलोमिटर छ। यसको गहिराइको आधिकारिक पुष्टि अहिलेसम्म भएको छैन।

१०८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको राराताल वरिपरी घुम्न करिब पाँच घण्टा लाग्छ । विश्वमै कतै नपाइने 'स्नो ट्राउट' माछा यो तालमा पाइने बताइन्छ।  यो प्राकृतिक रूपमा निर्मित नेपालको सबैभन्दा ठूलो ताल हो।

छिनछिनमा रंग बदल्नु, वातावरण बदल्नु रारातालको मुख्य विशेषता हो। फोटोमा हेर्नुहोस् रारातालको सौन्दर्य–

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.