|
File Photo

काठमाडौं : काठमाडौं महानगरपलिकाको प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा शिक्षा समिति गठन भएको छ।

माध्यमिक तहसम्मको शिक्षाको जिम्मा स्थानीय तहलाई व्यवस्थित रुपमा विद्यालय सञ्चालन गर्नका लागि समिति गठन गरिएको कामपाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए।

समितिका सदस्यमा कामपाको उपप्रमुख हरिप्रभा खड्की र वडाध्यक्षसहित ११ जना रहेका छन्।

उनका अनुसार उक्त समितिले शिक्षासँग सम्बन्धित सबैखालका नीतिगत निर्णय गर्नेछ। कामपाभित्रका विद्यालय सञ्चालनको अवस्थाबारे जानकारी लिने, आवश्यक परेमा विद्यालय गाभ्ने, खारेज गर्ने कक्षा थप गर्न दिने नदिनेजस्ता कार्य गर्ने छ।

यसैबीच समितिको पहिलो बैठकले संस्थागत विद्यालयमा अध्ययनरत गरीब, जेहेन्दार तथा शहीदका छोराछोरीलाई छात्रवृत्ति दिने काम सम्बन्धित वडा कार्यालयबाट हुने जनाएको छ।

समितिको नियमावलीमा भनिएको छ, विद्यालयका प्रधानाध्यापक विद्यालयका व्यवस्थापनप्रति, व्यवस्थापन शिक्षा समितिप्रति र शिक्षा समिति नगर कार्यपालिकाको मातहतमा रहेर काम गर्नुपर्ने भनिएको छ।

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनपछि स्थानीय तहलाई दिइएको अधिकारअनुरूप कामपाभित्रका सबै विद्यालय सञ्चालनको जिम्मा कामपामा आएको छ। हाल कामपामा १०० सामुदायिक विद्यालय र करीब ७०० निजी विद्यालय सञ्चालन हुँदै आएका छन्, जसमा एक लाख ६५ हजार बालबालिका अध्ययनरत छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.