|

चितवन : रत्ननगर स्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ।

बिहीबार पानीमा खेल्ने र जमिनमा जाने गरिरहेको अवस्थामा देखिएको बाघ शुक्रबार मृत फेला परेको चितवनका जिल्ला वन अधिकृत केदारनाथ पौडेलले जानकारी दिए।

रत्ननगर नगरपालिकाले फोहर फाल्ने डम्पिङसाईड देखि १०० मिटर उत्तरतर्फ पञ्चकन्या वनमा उक्त भाले बाघ मरेको हो।

शरीरभरी घाउ नै घाउ भएको अवस्थामा बाघ मरेको भेटिएको भन्दै उनले अर्को बाघसँग जुधेर घाईते भएको र त्यही संक्रमणले मरेको आशंका गरिएको बताए। बिहीबार उक्त बाघले एउटा बँदेल समेत मारेर खाएको थियो।

मरेको बाघको नमूना संकलन गरेर राष्ट्रिय प्रकृति संरक्षण कोषको प्रयोगशालामा पठाइएको पौडेलले जानकारी दिए। अरु नै कारण भए परीक्षण पछि भने कारण यकिन हुने उनको भनाइ छ।

पौडेलका अनुसार १५ दिनअघि समेत सोही वन क्षेत्रमा एउटा बाघ मरेको थियो। यसअघि चैत १० गते चितवन राष्ट्रिय निकुञ्ज नजिकै राप्ती नदी किनारमा बाघ मृत भेटिएको थियो। चैत र वैशाखमा मात्रै चितवनमा तीनवटा बाघ मरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.