|

भारतका प्रधानन्यायाधीश दीपक मिश्राविरुद्ध राज्यसभामा महाअभियोग दर्ता भएको छ। भारतको प्रमुख प्रतिपक्षी कांग्रेस आइको नेतृत्वमा विपक्षी दलहरूले मिश्रा विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका हुन्।

विपक्षी नेता गुलाम नबी आजाद र कांग्रेस वरिष्ठ नेता कपिल सिब्बलले पत्रकार सम्मेलन गरेर प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको बारेमा जानकारी दिए।

कपिल सिब्बलले भने, ‘हामीले आज १२ बजे उपराष्ट्रपति तथा राज्यसभाका अध्यक्षलाई भेटेर महाअभियोग प्रस्ताव दर्ता गरेका छौँ। हामी यो दिन कहिल्यै नआओस् भन्ने चाहानथ्यौँ, तर प्रधानन्यायाधीशको काम गर्ने तरिका बारे निरन्तर सवाल उठिरहे।’

राज्यसभाका अध्यक्षले यो प्रस्ताव मञ्जुर गरे दीपक मिश्रा भारतमा महाअभियोग सामना गर्ने पहिलो प्रधानन्यायाधीश हुनेछन्। प्रधानन्यायाधीश मिश्र लामो समयदेखि विवादमा तानिएका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.