|

काठमाडौं : प्रधानसेनापति राजेन्द्र क्षत्रीले शुक्रबार मध्यपूर्वी पृतना हेडक्वार्टर तथा सोही पृतनाअन्तर्गत धनुषा जिल्लाको भिमानमा संचालित अभ्यासको निरीक्षण गरका छन्।

सोही क्रममा क्षत्रीले तालिम इलाकाको स्थलगत वस्तुस्थिति, बन्दोवस्ती र अभ्यासमा सहभागी शिक्षार्थीहरूको प्रदर्शनको अवलोकनलगायत अन्य विविध पक्षबारे जानकारी लिनुका साथै अभ्यासमा भाग लिने फौजलाई सम्बोधनसमेत गरेका थिए। 

प्रधानसेनापति क्षत्री अभ्यासको निरीक्षण सम्पन्न गरी शुक्रबार नै काठमाडौं फिर्ता भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.