|

जाजरकोट : नलगाड नगरपालिकाले जिल्लाका १८ वटा विद्यालयको कक्षा कटाैती गरेको छ। शैक्षिक सुधार गर्नका लागि विद्यालयमा कक्षा घटाएको नलगाड नगरपालिका शिक्षा शाखाका प्रमुख योगेन्द्र आरसीले जानकारी दिए। 

कम विद्यार्थी भएका १८ विद्यालयमा अहिले पहिलो चरणमा कक्षा घटाएको उनको भनाइ छ। शैक्षिक सुधार गर्न र पढाइ गुणस्तरीय बनाउन यो कदम चालिएको नगर प्रमुख टेकबहादुर रावलले बताए। दरबन्दी र विद्यार्थी नभएका विद्यालय मात्र कक्षा घटाएको हाे। नगरपालिकाले शिक्षासम्बन्धी कानुन बनाएर शैक्षिक सुधारका लागि विभिन्न काम गदै आएको रावलले बताए। बैशाख ९ गते नगरपालिकाभित्रका सबै वडामा विद्यार्थी भर्ना अभियान जनप्रतिनिधिबाट संचालन गरिने जानकारी पनि नगर प्रमुख रावलले दिए। 

गाउँगाउँमा जनप्रतिनिधि आफैँ परिचालित भएर भर्ना अभियान तीव्र गतिमा अगाडि बढाइने नगरपालिका उपप्रमुख बालकुमारी बस्नेतले बताइन्। उपप्रमुख बस्नेतले अब टोलटोलमा विद्यालय खोलेर गुरस्तरीय शिक्षा नदिनेका लागि भने यस अभियानले निरुत्साहित गर्ने दाबी गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.