|

कामीडाँडा (काभ्रे) : खानेपानी मन्त्री विना मगरले खानेपानी समस्या समाधानका लागि मन्त्रालयले दीर्घकालीन योजना बनाइरहेको बताइन्। काभ्रेको बेथानचोक गाउँपालिका- ५ कामीडाँडामा आयोजित कपेर महांकाल खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गर्दै गाउँका महिलाले अनेक कठिनाइका बीच आधारभूत खानेपानी जुटाउनुपरेको बताइन्। 

मन्त्री मगरले स्वच्छ खानेपानी जुटाउन गृहिणी महिलाले अझै पनि जाेखिम माेलिरहेकाे बताइन्। मन्त्री मगरले भनिन्, ‘अब देशैभरिका नदीको पानी प्रशोधन गरेर गाउँगाउँसम्म पुर्‍याउने गरी योजना बनिरहेको छ।’ खानेपानी स्वच्छ नहुँदा विभिन्न खाले रोग लाग्ने, मृत्यु हुनेलगायतका समस्या देखिनाले सबैले सचेत हुनसमेत आग्रह गरिन्।

उनले पहाडी क्षेत्रमा छरिएर रहेका वस्तीका कारण खानेपानी पुर्‍याउन भौगोलिक कठिनाइ भए पनि हरेक जनतालाई स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिवद्ध रहेको बताइन्। मन्त्री मगरले भनिन्, ‘पहाडमा बस्ने जनता हुन् कि नदी किनारमा बस्ने हुन्, सबैले स्वच्छ खानेपानी पाउनुपर्छ।’ 

खानेपानीको निकै समस्या रहेको उक्त ठाउँमा ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति (फण्ड बोर्ड)को आर्थिक सहयोग तथा शान्ति जनआदर्श सेवा केन्द्रको समन्वयमा संचालन भएको उक्त आयोजनाबाट कामीडाँडाका १४० घरधुरीका ७२९ स्थानीय वासिन्दा लाभान्वित भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.