|

इलाम : शसस्त्र प्रहरीको विभागीय टोली एपिएफ क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। 

बंगलादेशको कामारन प्रगति संघलाई ३–१ गोल अन्तरले हराउँदै शसस्त्रले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। विपक्षी टिमलाई निरन्तर दबाबमा राखेकोे एपिएफले खेलको १०औँ मिनेटमा युवराज खड्काले बायाँ बार च्याप्दै गोल गरेर एपिएफलाई सुरुवाती अग्रता दिलाएका थिए।

यस्तै, खेलको ३५औँ मिनेटमा रूपबहादुर लामाले क्रस बारमा लागेर फर्केको बललाई  हेडमार्फत गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाए। 

दोस्रो हाफको तेस्रो मिनेटमा कप्तान  नवीन लामाले गोल गर्दै आफ्नो टिमलाई ३–० को अग्रता दिलाए। ३ गोलले पछि परेको पाहुना टिम कामारनका अल्मागिरले विपक्षी टिमको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै खेलको ७८औँ मिनेटमा सान्तवना गोल फर्काए। 

एपिएफका मिडफिल्डर रूपबहादुर लामा खेलको म्यान अफ द म्याच घोषित बन्दै नगद १० हजार प्राप्त गरे। शनिबारको खेलमा सिएमजी संकटाले पाहुना टोली सिक्कीम–११ को सामना गर्दैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.