|

काठमाडौं : शिक्षाबाट कोही पनि बालबालिका बञ्चित हुन नपरोस् भनेर सरकारले गरेको अपिलअन्तर्गत हास्य कलाकार केदार घिमिरे 'माग्ने बुढाले' एक बालकलाई पढाउने जिम्मा लिएका छन्। उनले सर्लाहीका १३ वर्षीय इन्ताज महोसिनलाई पढाउने जिम्मा लिएका हुन्। इन्ताजका बुवाको मृत्यु भएको हो भने आमा इँटाभट्टामा काम गर्छिन्।

इन्ताज वर्षौदेखि घिमिरेकै घर रहेको ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोलस्थित एक मोटरसाइकल वर्कशपमा हेल्परको रुपमा काम गर्दै आइरहेका छन्। 'मेरो घर नजिक एउटा ग्यारेजमा काम गर्ने १३ वर्षको इन्ताज मोहसिनलाई पढाउने जिम्मा लिएका छौं,' घिमिरेले भने, 'यसको शुरुवात मैले गरे पनि हाम्रो टोलका सबै मिलेर यसको अभिवाकत्व निर्वाह गर्नेछौं।'

इन्ताजलाई पढाउँदै गरेका मोहन भुसालले पनि एक जनाले भन्दा पनि टोलवासी मिलेर शिक्षाबाट बन्चित भएका बालबालिकालाई पढाउने ट्रस्ट सञ्चालन गर्ने योजना रहेको बताए। 'हामी एउटै टोलमा बसोबास गर्ने कुनै न कुनै पेशा व्यवसायमा आवद्ध साथीहरु मिलेर यो अभियान चलाउँदै छौं,' उनले भने, 'यसका लागि गृहकार्य भइरहेको छ।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.