जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आकस्मिक कक्ष तोडफोड गर्ने दुई युवक शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
अभियुक्तमा चन्दननाथ नगरपालिका– ७ जुम्लाका तेजेन्द्र महत र दीप महत रहेको प्रहरी नायब उपरीक्षक डा. तपनकुमार दाहालले जानकारी दिए।
गत बिहीबार मादक पदार्थ खाई अस्पतालमा पुगेर दुवै जनाले शल्यक्रिया कक्षका ढोकाको सिसा र बत्ती तोडफोड गरेको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभयो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।