|

रौतहट : रौतहटको दशगाजा क्षेत्रमा भारतीय पक्षले फेरि बाध निर्माण गरे पछि सिमा क्षेत्रका बासिन्दाहरु चिन्तित भएका छन् । दशगजा क्षेत्र मै भारतीय पक्षले एकपक्षीय रुपमा बाध बाधेपछि जिल्लाको इशनाथ नगरपालिका र गौर नगरपालिकाका बासिन्दा प्रत्यक्ष रुपमा प्रभावित हुने भएका हुन्।

ईशनाथ नगरपालिकाको वार्ड नं. १ बनजहरा गाउमा अहिले भारतीय पक्षले धमाधम दशगजा मै बाध बाधिरहेको छ। बाध कै कारण गत साउन मसान्तमा डुबान परेको सो क्षेत्र फेरि पनि डुबानमा पर्ने चिन्ता रहेको स्थानीयबासीहरु बताउछँन्।

यो बाधले ज्यान नै लिने स्थानीय भगवान पासवानको चिन्ता छ। पानी निकास हुन नपाउँदा गाउ पुरै डुबानमा पर्ने गरेको पासवानले बताए। यसबारे सरकारले चासो नदिएको उनको गुनासो छ। 

लालबकैया नदीको पानी गाउँमा पस्ने गरेको र पानीको उचित निकास नभएर हरेक वर्ष त्यहाँका स्थानीयहरु डुबानको समस्या झेल्दै आएको अर्का बन्जहराबासी समसुल खानले बताए। 

विगतका वर्षहरुमा डुबानको समस्या झेल्दै आएका स्थानीयहरु अहिले भारतीय पक्षले पानीको निकास नदिई दशगजा क्षेत्रमा लगाइरहेको स्थायी बाँधका कारण आफूहरु चिन्तित बनेको खानको भनाइ थियो। गत साउनमा आएको बाढीले भौतिक तथा मानविय क्षति व्यहोरेका स्थानीयहरु अहिले भारतले यो बाध लगाएको देखेर स्थानियबासी चिन्तित बनेका हुन्।

अहिले भारतले धमाधम बोरामा माटो हालेर प्लाष्टिकको जालीको सहायताले स्थायी रुपमा निर्माण गरिरहेको छ। गत साउनको बाढीले सिमा क्षेत्रको लक्ष्मीपुर बेलबिछुअवामा बाध भत्काएको थियो। बाढीले बाध भत्काएपछि गौरमा बाढीले ठूलो क्षति हुनबाट जोगायो। अहिले सो भत्काएको बाधमा पनि भारतले दिगो रुपमा बाध बाधिरहेको छ।

 यता गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले बाढीले खोलामा भत्काएको बाध चाडो भन्दा चाडो बनाउन आग्रह गरेका छन्। गत साउन अन्तिममा आएको बाढीले बकैया नदीको देवाही, राजपुर लगायतका स्थानमा बाध भत्काएको हुदा सो बाध चाडो भन्दा चाडो निमार्ण गर्न आग्रह गरेका हुन्।

 ती बाधहरु अझै पनि बनाउने कुनै सुरसार भएको छैन। बाढीले खासगरी देवाहीका बासिन्दाहरु पुर्ण रुपमा प्रभाबित भएका थिए। सो क्षेत्रमा बाध निमार्ण नहुदा स्थानीयबासी त्रसित छन्। फेरी बाढी आउने बेला भयो अझै बाध बनाउने कुनै सुरसार नभएको देवाहीका बासिन्दा तथा जिल्ला समन्वय समिति रौतहटका उप प्रमुख बशिष्ठ राय यादबले बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.