|

दैलेख : सरकारले मध्ये पहाडी राजमार्गमा पर्ने १० वटा स्थानमा नयाँ सहर निर्माण गर्ने आयोजनाअन्तर्गत दैलेखको राकम कर्णालीलाई नयाँ सहरको रूपमा विस्तार गर्ने योजना यो वर्षबाट सुरु भएको छ। जग्गा मुआब्जाको विवादले लामो समयदेखि काम सुरु हुन सकेको  थिएन।

स्थानीय जग्गादाता र आयोजनाबीच मुआब्जामा विवाद मिल्न नसकेपछि अहिले रणनीति परिवर्तन गरेर काम सुरु गर्न थालिएको हो। नयाँ रणनीतिअनुसार जग्गादाताले जग्गा प्रदान गर्नेछन्। कुल जग्गाको ३० प्रतिशत जग्गा सडक र अन्य पूर्वाधारमा मासिने छ र बचेको ७० प्रतिशत जग्गा जग्गाधनिलाई नै फिर्ता हुनेछ। यसलाई  (ल्यान्डपोलिङ्ग) का आधारमा तय गरिएको छ। 

स्थानीय सरकार गठन पश्चात अहिले आयोजनाले काम अगाडी बढाएको आठवीस नगरपालिका दैलेखका प्रमुख खड्गराज उपाध्यायले बताए। जनताको भेला गरेर आयोजना निर्माणबारे छलफल भएको छ। हरेक वर्ष आयोजनाका लागि रकम आउने र फ्रिज हुने प्रचलन थियो अव त्यो बन्द गर्नुपर्छ र काम गर्नुपर्छ भन्दै आफूहरूले दवाव दिएको उपाध्यायले बताए। कतिपय रोक्का गरिएका जग्गा फुकुवा भएका छन्।अब नयाँ सहरले गति लिने अवस्था देखिएको छ। गत वर्ष आयोजनाले ६ करोड ६८ लाख रुपैयाँ विनियोजन गरेको थियो।

सडक निर्माण, सार्वजनिक जग्गा संरक्षणलगायतका काममा रकम खर्च गरिएको छ। यसवर्ष पनि आयोजनाका लागि  १० करोड रुपैयाँ प्राप्त भएको ईन्जिनियर संजिव शाहले बताए। यो वर्षको बजेटबाट सडक पूर्वाधार लगायतका काम भइरहेको शाहले बताए। कामको अनुगमन र मूल्यांकन प्रभावकारी बनाउन स्थानीय सरकारले चासो बढाउनुपर्ने सुझाव स्थानीयकाे छ। राकम कर्णाली ४ सेरावाडा र बगर खेतमा नयाँ शहरका लागि आवश्यक पूर्वाधारहरू निर्माण गर्न डिपिआर बनाउँने काम सुरु गरिएको छ।  

निकै उब्जाऊ मानिएको जमिन नयाँ शहरले मासिने भए पनि नयाँ शहर बसेपछि पहाडबाट बसाइँ सरेर तराई जानेहरूको संख्या भने घट्ने आशा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.