|

जाजरकोट : डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका ५ स्थित  करोपगाडमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।

डोल्पाको खदाङस्थित हरियापानीबाट यात्रु बोकेर छिमेकी जिल्ला रुकुम गोतामकोटतर्फ अाइरहेको  लु १ च ५४६६ नम्वरको जीप दुर्घटना हुँदा रुकुम आठबिसकोट नगरपालिका ९ बस्ने ६० वर्षीया रामकला जैसीकाे मृत्यु भएको छ।

साेही जीप दुर्घटनामा दैलेख चामुण्डा बिन्द्यासैनी नगरपालिका ९ वस्ने चालक बीरबहादुर थापा, डोल्पा  त्रिपुरा सुन्दरी नगरपालिका ५ बस्ने वर्ष २७ कि बिष्णुरुपा बोहोरा र रुकुम आठबिसकोट नगरपालिका ६ बस्ने १८ वर्षीया जयबहादुर थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव निरीक्षक यामबहादुर मल्लले जानकारी दिएका छन्। चालक घाइते थापा र बोहोराको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

भेरी करिडोरभित्र पर्ने यो सडक खण्डमा केही दिन अघि मात्र यातायातका साधनहरू सञ्चालनका लागि अनुमति दिइएको थियो। थोत्रा जीप यस सडक खण्डमा चलाउँने गरिन्छ। थोत्रा गाडीमा क्षमता भन्दा वढी यात्रुहरु राखेर सञ्चालन गरिँदै आएको छ। जीप के करणले दुर्घटना परेको हो भन्ने खुल्न सकेको छैन। 


    
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.