|

काठमाडाैं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले मुलुक र नागरिकको हितमा काम गर्न सरकारी वकिलहरूलाई निर्देशन दिएका छन्।शनिबार काठमाडाैंमा आयोजित सरकारी वकिलहरूको केन्द्रीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले दूरदृष्टि राखेर काम गर्न निर्देशन दिएका हुन्।

मन्त्री तामाङले सरकारी वकिलका बारेमा सार्वजनिक रूपमा टिकाटिप्पणी हुनु दुखद् भएको बताए। सरकारी वकिलहरूले जिम्मेवार भएर भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो। कानुनी समस्याका कारण प्रविधि र अन्यअभिलेखहरूमा सुरक्षा निकायको सहज पहुँच पुग्न नसकेकाे मन्त्री तामाङले बताए।

मन्त्री तामाङले भने, ‘नयाँ अपराध संहिता कार्यान्वयनका लागि अध्यागमन, यातायात, दूरसंचार तथा अन्य निकायमा हुने विद्युतीय अभिलेखमा सुरक्षा निकायको सहज पहुँचको व्यवस्था मिलाउन अावश्यक छ।’ 

मन्त्री तामाङले अनुसन्धानाकर्ता र अभियोजनकर्ताबीचको सम्बन्ध नजिक टाढाको हुनुभन्दा पनि व्यवसायिकतामा आधारित हुनुपर्ने बताए। उनले भने, ‘सुरक्षा निकायले मुलुकी ऐनलाई परिमार्जन गरी बनाइएको अपराधसंहिता सकारात्मक छ। तर अनुसन्धानका लागि आवश्यक प्रविधियुक्त संयन्त्र र जनशक्तिको अभाव छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.