|

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका वरीष्ठ नेता यशवन्त सिन्हाले पार्टी परित्याग गरेका छन्। पूर्व केन्द्रीय मन्त्री समेत हरेका सिन्हाले शनिबार पटनाबाट भाजपा छोडेको घोषणा गरेका हुन्।

भाजपाका नेताहरू जो सरकार संचालन गरिरहेका छन् उनीहरूबाट सिन्हा केही समययता असन्तुष्ट थिए। पार्टी छोड्ने घोषणा गर्दा पनि उनले आफ्नो नाराजगी देखाएका थिए।

उनले पटनामा आयोजित कार्यक्रममा आजबाट भाजपासँगका सबै सम्बन्धबाट मुक्त भएको घोषणा गरेका थिए। पार्टी छोडेसँगै उनले सक्रिय पार्टी राजनीतिबाट पनि सन्यासको घोषणा गरेका छन्।

पार्टी छोड्ने बेला उनले भारतमा लोकतन्त्र गम्भीर खतरामा रहेको बताए। उनले अब देशमा लोकतन्त्र बचाउनका लागि आन्दोलन गर्ने पनि बताएका छन्। सिन्हाले भारतमा नरेन्द्र मोदीको शासनकालमा लोकतन्त्र गम्भीर खतरामा रहेको भन्दै आन्दोलनको आवश्यता रहेको बताएका थिए।

सिन्हाले सन् २०१४ मा भारतीय जनता पार्टीबाट प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीको समर्थन गरेकोमा अहिले दुःखित भएको बताएका छन्। उनले त्यतिबेला जनतासामू धेरै बाचा गरेको तर पूरा गर्न नसकेकामा दुःखित भएको बताए।

उनले भारतीय जनता पार्टीको प्रवक्ता, वित्त मन्त्री तथा विदेश मन्त्रालय समेत सम्हालेका थिए।

सिन्हाले राष्ट्र मञ्च नामको संगठन खोलेका छन्। सोही संगठनबाट खतरामा परेको लोकतन्त्र बचाउन लाग्ने उनको घोषणा छ। उनलाई भाजपा, कांग्रेस, आम आदमी लगायतका पार्टीका वरीष्ठ नेताहरूले साथ दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.