|

दाङ : नेपाली चलचित्रका अभिनेता राजेश हमालले नेपाली चलचित्रहरू आफ्नै रफ्तारमा चलिरहने बताएका छन्। अभिनेता हमालले नेपाली चलचित्रका दर्शकले मौलिकता र सान्दर्भिकता झल्किने खालको कथावस्तु खोजिरहेको बताएका छन्। 

चलचित्र पत्रकार संघ दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको संक्षिप्त पत्रकार भेटघाटमा अभिनेता हमालले नेपालमा थप्रै चलचित्रहरू निर्माण हुन्छन्। तर, दर्शकको मर्मअनुसारका चलचित्रहरू निर्माण हुन नसकेको बताए। अहिले नेपाली चलचित्र क्षेत्र विगतको भन्दा केहीमाथि उठेको अभिनेता हमालले बताए। उनले भने, ‘नेपाली चलचित्र क्षेत्रले थप मिहेनतका साथअघि बढ्न अझै जरुरी छ।’ हमालले पहिलाको जस्तै नेपाली चलचित्र हलमा हेर्न योग्य बनाउनुपर्ने पनि बताए। 

कार्यक्रममा अभिनेता हमालले नेपाल सरकारले हाल नेपाली चलचित्र क्षेत्रलाई महत्त्वका साथ हेरेकोमा खुसी व्यक्त गरे। अभिनेता हमाल एनएमवि बैंक तुलसीपुरको शाखा उद्घाटनका लागि दाङ पुगेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.