|

 पर्वत : पर्वतको कुश्मा नगरपालिका २ खुर्काटका मेरुदण्ड पक्षघातबाट पीडित एक युवालाई प्रवाशी नेपालीहरूले आर्थिक सहयोग गरेका छन। 

मेरुदण्डको पक्षघातबाट पीडित माधव गिरीलाई अमेरिकामा बस्दै आएका नेपालीले एक लाख पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन्। २०७२ चैतमा घर नजिकैको बारीमा मकै छर्ने बेला गोरुले हान्दा लडेर ३२ वर्षीय गिरीको मेरुदण्डको पक्षघात भएको थियो।

सकारात्मक परिर्वतनको लागि हातेमालो अभियान अन्तर्गत पर्वत र छिमेकी जिल्लबाट अमेरिका पुगेका प्रवासी नेपालीहरूबाट संकलन गरिएको रकम प्रतिनिधिसभाका सदस्य पदम गिरीमार्फत हस्तान्त्रण गरिएको हो। गिरीले पीडित माधवको घरमै पुगेर रकम हस्तान्तरण गरेका थिए। 

खुर्कोटबाटै अमेरिका पुगेका इन्दुराज रेग्मीको पहलमा उक्त रकम संकलन गरिएको थियो भने स्थानीय तहमा सञ्चारकर्मी राजु पौडेलले संयोजन गरेका थिए। 

उनको उपचारमा चार लाखभन्दा बढी रकम खर्च भइसकेको छ। उपचार पश्चात् ज्यान बचे पनि उनको छातीदेखि शरीरको तल्लो भाग चल्दैन। दिसापिसाब पनि ओछ्यानमै गर्नुपर्ने बाध्यता छ।

गिरी चौबिसै घण्टा ओछ्यानमा थलिएपछि श्रीमती, दुई  छोरी र एक छोरा अहिले सहाराविहीन भएका छन्। उनले ज्यालामजदुरी पाँच जनाको परिवार पाल्दै आएका थिए। 

चौबिसै घण्टा बिताउनु परेकाले छोराछोरीको पढाई, बिहान बेलुकाको छाक टार्न, उपचारमा लागेको ऋण तिर्ने समस्या भएको गिरीकी श्रीमती पर्वती गिरीले बताइन्।

करिब चार वर्ष विदेशमा बिताएका गिरी ०७२ माघमा स्वदेश फर्किएका थिए। कतार, साउदी र ओमनलगायत देशमा काम गर्न पुगेका उनी अपेक्षित पारिश्रमिक नपाएपछि स्वदेश पर्किएका थिए। गाउँमै उद्यम गर्न स्वदेश फर्किएका उनी दुई महिनामै सो दुर्घटनामा परी थलिएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.