|

दाङ : दाङको देउखुरीमा ट्रक र यात्रुवाहक विङ्गर एक आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी  पाँच जना गम्भीर घाइते भएका छन्।

लमही नगरपालिका-९ रिहार नजिक घोराही बाट नेपालगञ्ज जाँदै गरेका भे १ ज ६१४ नम्बरको विङ्गर र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६६४८ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा विङ्गरमा सवार दुई यात्रुको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

लमही नगरपालिका -९ च्याउखोलाका २८ वर्षीय खड्गबहादुर बुढा र ठाकुरद्वारा नगरपालिका-१ बर्दिया का २० वर्षीय विवेक थारूको मृत्यु भएको छ। मृतकको शव लमही अस्पतालमा राखिएको छ।

दुर्घटनामा परी प्यूठान नगरपालिका-८ की २२ वर्षीया सुस्मा केसी, लमही नगरपालिका-९ की ३६ वर्षीया कमला विक, रोल्पास्थित रुन्टीगढी गाउँपालिका-६ की ३५ वर्षीया तिलकुमारी थापा, सोही ठाउँ की ७४ वर्षिया सरी पुन, दाङ विजौरी की ४६ वर्षिय बेलकुमारी बोहरा घाइते भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.