|

चितवन :  भरतपुर महानगरपाकिा ३ बाह्रघरेमा सञ्चालन रहेको अपांग धार्मिक सेवा केन्द्रका सञ्चालन जबर्जस्ती करणीअभियोगमा पक्राउ परेका छन्।

केन्द्रका सञ्चालक भरतपुर ३ का ५४ वर्षीय विष्णुप्रसाद शर्मालाई प्रहरीले केन्द्रमा आश्रय लिएर बसेका महिला र बालिकाहरुलाई करणी गरेको अभियोगमा पक्राउ गरिएकाे हो।

दुईजना महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको चितवनका प्रहरी प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले  जानकारी दिए।  अपांगता भएका १७ र २७ वर्षका दुई युवतीले शर्माले आफूहरुलई जबर्जस्ती करणी गरेको भन्दै उजुरी दिएपछि उनलाई पक्राउ गरिएको ढकालले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.