|

स्पेनिस ला लिगाको उपाधि नजिक रहेको बार्सिलोनाले लगातार चौंथो पटक कोपा डेल रे को उपाधि जितेको छ। बलियो प्रतिद्वन्द्वीका रुपमा हेरिएको सेभिल्ला विरुद्ध बार्सिलोना खेलमा पुर्ण रुपमा हावी हुँदै खेल ५-० ले आफ्नो पक्षमा पार्दै सहज रुपमा उपाधि जित्न सफल भयो।

पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गरेको थियो। बार्सिलोनाका लागि लुइस स्वारेजले १४ औं मिनेटमा पहिलो गोल गर्दा ३१ औं मिनेटमा लियोनेल मेसीले दोस्रो गोल गर्दे टिमको अग्रता दोब्बर बनाए। त्यस्तै ४० औं मिनेटमा पुन स्वारेजले नै गोल गर्दे सेभिल्लालाई पहिलो हाफमा ३-० ले पछि पार्न सफल भए।

दोस्रो हाफमा पनि बार्सिलोनाले आफ्नो दबदबा कायमै राख्न सफल भयो ५२ औं मिनेटम इनिएस्टाले टिमका लागि चौंथो गोल गर्दा फिलिप कोउटीन्होले पेनल्टीमामार्फत ६९ औं मिनेटमा पाँचौ गोल गर्दे बार्सिलोनालाई एतिहासिक जित दिलाए। सेभिल्लाले क्वाटरफाइनलमा एथलेटिको म्याड्रिड तथा सेमिफाइनलमा लेगानेसलाई पाखा लगाएको थियो भने बार्सिलोनाले स्पानियोललाइ क्वाटरफाइनल तथा भ्यालेन्सीयालाई सेमिफाइनलमा पाखा लगाएको थियो। रियल भने लेगानेसँग क्वाटरफाइनलमानै पराजित भएको थियो।

१९३० देखि हुँदै आएको कोपा डेल रे मा बार्सिलोना सर्वाधिक धेरै ३० पटक च्याम्पियन बन्दा एथलेटिको बिल्बाओ २३ र रियल म्याड्रि १९ पटक च्याम्पियन भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.