|

काठमाडौं :  इन्डियन प्रिमियर लिग (आईपिएल)मा शनिबार राति भएको दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंग्लोर विजयी भएको छ।  बेंग्लोरले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले पराजित गर्‍याे।

टस हारेर पहिले व्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेटको क्षतिमा १७४ रन बनाएको थियो। १ सय ७५ रनको लक्ष्य पछ्याएको बेंग्लोरले २ ओभर बाँकी छँदा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

बेंग्लोरका एविडी भिलियर्सले नटआउट ३९ बल सामना गर्दै  १० चौका र ५ छक्का प्रहार गरेर ९० रनको योगदान दिए। उनी प्लेयर अफ दि म्याच भए । यस्तै कप्तान विराट कोहलीले ३० रन जोडेका थिए। बलिङतर्फ हर्सल पटेल, ग्लेन म्याक्सवेल र ट्रेन्ट बोल्टले एक–एक विकेट लिए।

उता दिल्लीका रिसब पन्तले ४८ बलको सामना गर्दै ६ चौका र ७ छक्का प्रहार गरेर सर्वाधिक ८५ रनको योगदान दिएका थिए। यस्तै श्रेयस ऐयर ४ चौका र ३ छक्काको मद्दतमा ५२ रन बनाएका थिए।

बलिङतर्फ युजवेन्द्र चहलले २ विकेट लिएका थिए। पाँच म्याच खेलेको बेंग्लोरको यो दोस्रो जित हो। पाँच म्याच खेलेको दिल्लीको यो चौथो हार हो।  आईपिएलमा आइतबार दुई खेल हुनेछन्। पहिलो खेलमा सनराइजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स भिड्नेछन् भने दोस्रो खेलमा राजस्थान रोयल्स र मुम्बई भिड्ने छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.