|

पाकिस्तानी गायिका मिशा शफीले गायक अली जफरमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन्। मोडलसमेत रहेकी शफीले जफरले आफूमाथि यौनशोषण गरेको सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेकी हुन्।  तर, जफरले यी सबै आरोप निराधार भएको भन्दै खण्डन गरेका छन् ।

‘यो सब यसकारण सेयर गरिरहेकी छु कि म समाजमा रहेको चुपचाप बस्ने परम्परा तोड्न चाहन्छु’, ट्वीटरमा शफीले लेखेकी छिन्, ‘जफरले यस्तो पहिलो पटक गरेका होइनन्। यो कुरा म यो क्षेत्रमा लाग्ने समयको पनि होइन। यो त जब म आफू सक्षम भइसकेकी थिएँ, त्यति बेला भएको हो। जब म आफ्नो खुट्टामा उभिन सकिसकेकी थिएँ, त्यतिबेला भएको हो। यो घटनाले मेरो परिवार पनि अचम्मित छ।'

जफरको यो व्यवहारबाट अाफू आहात भएको उनले उल्लेख गरेकी छिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.