|

म्यानचेस्टर युनाइटेड एफए कपको फाइनल प्रवेश गरेको छ। शनिबार राती भएको खेलमा टोटनह्यामलाई २-१ ले पराजित गर्दे कीर्तिमानी २० औं पटक एफए कपको फाइनलमा प्रवेश गर्न युनाइटेड सफल भयो। पछिल्लो पटक तेस्रो सिजनमा युनाइटेडको यो दोस्रो फाइनल यात्रा हो।

टोटनह्याम भने लगातार आठौं पटक प्रतियोगिताको सेमिफाइनलबाट बाहिरियो। यो कुनैपनि टिमले सेमिफाइनलमा ब्योहोरेको सर्वाधिक लामो पराजयको यात्रा हो। पछिल्लो पटक १९९१ मा वेम्बलीमा आर्सनललाई पराजित गरेयता टोटनह्याम फाइनल प्रवेश गर्न असफल रहँदै आएको छ।

खेलमा अग्रता भने डेल अलीको गोल मार्फत टोटनह्यामले लिएको थियो। ११ औं मिनेटमा अलीलले क्रिश्टियन इनरिकको पासलाई सदुपयोग गर्दे टोटनह्यामलाई सुरुवाती अग्रता दिलाए तर जोसे माउरिन्हो साइडका तर्फबाट एलेक्स सान्चेजले २४ औं मिनेटमा गोल गर्दे खेल बराबरिमा ल्याए।

पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलमा ६२ औं मिनेटमा आन्द्रे हेरेरा युनाईटेडका लागि निर्णायक गोल गरेपछि टोटनह्याम स्तब्ध भयो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.