|

विश्वकै सबैभन्दा बढी उमेरकी वृद्धाको निधन भएको छ। शनिबार जापानकी ११७ वर्षीया महिला नाबी तजिमाको निधन भएको जापानी सञ्चार माध्यमले जनाएका छन्।

उनकाे आफ्नै घर किकाइमा निधन भएको जनाइएको छ। उनको निधनपछि जापानकी अर्की महिला ११६ वर्षीया चियो योसहिदा विश्वकै वृद्धा महिला भएकी छन्।

विश्वमा धेरै उमेरसम्म बाँच्ने मानिसहरुको सूचिमा जापान पहिलो नम्बरमा रहेको एक अध्ययनले देखाएको छ।  हाल जापानमा १०० वर्षभन्दा माथिका वृद्धवृद्धाहरुको संख्या ६८ हजार रहेको जापानी सरकारको तथ्यांकमा  छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.