|

भारतको अमृतसरबाट राजधानी नयाँदिल्लीका लागि उडान भरेको एयर इण्डियाको विमानको उडानकै क्रममा झ्याल खसेर तीन यात्रु घाइते भएका छन्। 

उडान भरेको दशदेखि पन्ध्र मिनेटमै उक्त झ्याल खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। झ्याल खसेर यात्रुहरु त्रसित भएको जनाइएको छ। विमानको ओभरहेड प्यानल फुटेर दुर्घटना भएको भारतीय वायुसेवा निगमले जनाएको छ। 

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको र दुई सामान्य घाइते भएका छन्। घाइतेलाई  दिल्लीको एक अस्पतालमा भर्ना गरिएको छ। भारतमा यसअघि सन् २०१४ मा यस्तै घटना हुँदा २२ यात्रु घाइते भएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.