|

जाजरकोट : नलगाड नगरपालिका सबै जनप्रतिनिधि एकाबिहानै गाउँ–गाउँमा पुगेर विद्यार्थी भर्ना गराउन आग्रह गर्दै हिँडेको देख्दा सर्वसाधरण अचम्मित भए। १३ वडा भएको नगरपालिकाका सबै जनप्रतिनिधि र शिक्षक विद्यार्थी भर्ना गर्न अनुरोध गर्दै घर–घरमा पुगेर विद्यार्थी खोज्न थालेपछि स्थानीयहरु अचम्मित भएका हुन्।

यसअघि विद्यार्थी भर्नाका लागि वास्तै नगर्ने शिक्षकहरु जनप्रतिनिधिको साथमा घरमै आएर भर्ना गर्न अनुरोध गरेपछि स्थानीयले अनौठो मानेका हुन्। नलगाड नगरपालिकाले आइतबारदेखि सबै वडामा भर्ना अभियान सुरु गरेको छ। कोही बालबालिका विद्यालय आउनबाट नछुटून् भनेर यस्तो अभियान थालिएको नगरप्रमुख टेकबहादुर रावलले बताए। 

नगरपालिकाले यहाँका १८ वटा विद्यालयको कक्षा घटाएको छ। शैक्षिक सुधारका लागि कक्षा घटाएको नगरपालिकाका शिक्षा शाखाका प्रमुख योगेन्द्र आरसीले जानकारी दिए। कम विद्यार्थी भएका विद्यालयमा पहिलो चरणमा कक्षा घटाएको उनले बताए। दरवन्दी र विद्यार्थी नभएका विद्यालय मात्र कक्षा घटाइएको हो। नगरपालिकाले शिक्षासम्बन्धी कानुन बनाएर शैक्षिक सुधारका काम गर्दै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.