|

सौराहा :  चितवनको रत्ननगरस्थित सौराहानजिकै राप्ती किनारमा आइतबार एउटा दुर्लभ पाटेबाघ मरेको छ। चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क बाघ मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए।

जुधेर नै बाघ मरेको अनुमान गरिएको चितवनको रत्ननगर स्थित बाघ संरक्षण उपसमितिका संयोजक जीतु तामाङले बताए। 'अन्दाजी तीन\चार वर्षको जस्तो देखिने पोथी बाघ शनिबार राति अर्काे बाघसँगै जुधेर मरेको हुनसक्छ', उनले भने 'अन्दाजी ३,४ वर्षको बाघ हेर्दा घाँटीमा अर्को बाघले टोक]को देखिन्छ।'

बिहान स्थानीय सीता गुरौले मृत बाघ देखेपछि निकुञ्जमा खबर गरेकी थिइन्। ‘साथीहरूसँगै घाँस काट्न जाँदै थियौँ, बाघ देख्यौँ, अनि फर्किएर खबर गर्‍यौँ,’ घटनाबारे गुरौले भनिन्।

यो सँगै पछिल्लो २ महिनाको अन्तरालमा मात्रै चितवनमा चार वटा बाघ मरिसकेको छ। अहिले चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकसहित पशु चिकित्सकको टोली बाघको मुचुल्का र पोष्टमार्टमका लागि घटनास्थल पुगेको छ।

यही वैशाख ६ गते पनि रत्ननगरको पञ्चकन्या सामुदायीक वनमा शरीरभरी घाउ नै घाउ भएको अवस्थामा भाले बाघ मृत फेला परेको थियो। त्यसको १५ दिनअघि पनि सोही क्षेत्रमा एउटा बाघ मरेको जिल्ला वन अधिकृत केदारनाथ पौडेलले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.