प्रहरीलाई सहयोग गर्दा उल्टै फसाउन खोजेको आरोप

|

बुटवल : कुख्यात गुण्डा मनोज पुनका सहयोगी भनिएका युवा संघ केन्द्रीय सदस्य सुजु मल्लका परिवारले प्रहरीले सत्यतथ्य नबुझी अपराधमा मुछेको दाबी गरेका छन्। 

मल्लकी श्रीमती सिर्जना ताम्राकार मल्लले बुटवलमा पत्रकार सम्मेलन गर्दै पटक–पटक आफुलाई मार्ने धम्की आएको जानकारी प्रहरीलाई गराउँदा पनि प्रहरीले वास्ता नगरी फसाउन खोजेको आरोप लगाइन्। 

‘मनोज पुनले तेरो परिवार यस्तो छ भनेर सबै कुरा भन्थ्यो, अनि तलाई मार्दिन्छु भनेको थियो,’ आफ्ना श्रीमान्को भनाई उदृत गर्दै उनले भनिन्, ‘परिवारलाई जोगाउन पनि उहाँले मनोजसँग केही कुरा गर्नुभएको रहेछ, तर त्यो सबै कुरा प्रहरीलाई बताइएको थियो।’

उनले इलाका प्रहरी कार्यालयका यसअघिका प्रमुखहरु मुकुन्द मरासिनी र पवन भट्टराईलाई मनोज पुनले भनेका सबै विषयमा विस्तृत रुपमा जानकारी गराएको उल्लेख गर्दै आफ्नो श्रीमान्लाई अनाहकमा फसाउन खोजेको आरोप लगाइन्। 

‘मेरो श्रीमान्ले मनोज पुनका नाममा पैसा राख्यो, चेक काट्थ्यो, व्यापारीका नम्बरहरु दिन्थ्यो, उसलाई सघाउथ्यो भन्ने गरी जे जे कुरा आएका छन्, त्यसैगरी मेरो श्रीमान्ले मुकुन्द मरासिनी र पवन भट्टराईसँग गरेका कुरा बाहिर ल्याइयोस् अनि खासमा दोषी को रहेछ प्रष्ट हुन्छ,’ उनले माग गरिन्। 
उनले आफुहरुको सम्पत्ति छानबीन गरेर सार्वजनिक गर्न पनि माग गरिन् । 

उनले ती प्रहरी अधिकारीहरुसँग भएका कुराकानीको अडियो सार्वजनिक गर्दै सत्यतथ्य बाहिर ल्याउन प्रहरी प्रशासनसँग माग गरिन्। 
‘त्यतिबेलाको अवस्था के रहेछ, कसरी यो अवस्था आइपुग्यो भन्ने कुरा बाहिर ल्याउनुपर्दैन? एकतर्फी रुपमा फसाउने गरी मात्रै अडियो सुनाएर हुन्छ?,’ उनले भनिन्, ‘प्रहरी प्रशासनले कसरी जवाफ दिएको रहेछ भन्ने कुरा हामीले थाहा पाउनुपर्छ।’ उनले आफ्नो श्रीमान्ले सबै कुरा प्रहरीलाई बताउँदा पनि मनोजलाई किन पक्राउ गरिएको थिएन भन्ने कुराको जवाफ प्रहरीले दिनुपर्ने बताइन्। 

उनले आफु सत्यतथ्य बाहिर ल्याउनका लागि निरन्तर लड्ने बताइन्। ‘मेरो श्रीमान् सही होस् या गलत, तर म वास्तविक कुरा बाहिर ल्याउँछु,’ उनले भनिन् ‘मेरो श्रीमान्को कति दोष थियो र कति थिएन भन्ने कुरा सबैले थाहा पाउन जरुरी छ।’ 

उनले मनोज पुनको बारेमा आफ्ना श्रीमान्ले प्रहरीलाई पठाएको एसएमएस समेत सार्वजनिक गरेकी थिइन्। 

जसमा मल्लले मनोज पुन भारतको गोवास्थित क्रस क्यासिनोमा सहयोगी पूर्वसैनिकका साथमा रहेको बताउँदै आफ्नो नाम उल्लेख नगर्न आग्रह गरेका छन्। 
एमालेमा लामो समयदेखि योगदान दिएका व्यक्तिको बारेमा पार्टीले समेत छानबीन नगरी कारबाही गरेकोमा उनले आपत्ति जनाइन् । भनिन्, ‘मेरो श्रीमान्ले पार्टीका ठूला ठूला नेताहरुलाई कति सहयोग गर्नुभयो, त्यसको कुनै मूल्यांकन भएन, अहिले एउटा आरोप लाग्दा खास के हो, अनुसन्धान हुन बाँकी छदैं साधारण सदस्य समेत नरहने गरी कारबाही गरियो।’

यी पनि पढौं -

डन पुनको आपराधिक संजाल फिल्मी शैलीमा खुल्दै 

माओवादी र युवा संघका नेता नै मनोज पुनका सहयोगी ! 

यसरी मारिए मनोज, वसन्तका बुबा भन्छन् : देवदहका अरू छोराहरू नमरून् 

प्रहरी इन्काउन्टरमा मारिए मनोज पुन 

देवदहमा खस्कँदो सुरक्षा, एक वर्षमा तीन जनाको हत्या 

मनोज पुनले ११ जना खटाएर गरेका थिए तिवारी हत्या, सार्प सुटर अझै फरार 

रुपन्देहीमा युवा संघका अध्यक्षको हत्या : 'मलेसिया छु' भन्नेले लिए घटनाको 'जिम्मेवारी' 

मनोज पुनले ११ जना खटाएर गरेका थिए तिवारी हत्या, सार्प सुटर अझै फरार 

तिवारी हत्यासँग जोडिएका मनोज पुन को हुन्? 

तिवारी हत्याको १० दिनः तीन कोणबाट गर्दैछ प्रहरीले छानबिन 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.